हाम्रो पार्टीले नेपालको कर प्रणालीलाई पारदर्शी र सरलीकरण गरी उद्यमशीलताको प्रबर्धनका साथै सरकारको कर आय बढाउने नीति लिने छ।

१. व्यक्तिगत कर : हाम्रो पार्टीले समान कर अवधारणाको नीति अन्तर्गत सबै नागरिकलाई आफ्नो कमाइको १०% कर तिर्नु पर्ने ब्यवस्था ल्याउनेछ ।

२. लाभ कर : २ वर्ष भन्दा बढी समय लगानी गरेर कमाएको सम्पतिलाई ५% र सो भन्दा कम समय लगानी गरेर कमाएको सम्पतिलाई १०% लाभ कर लगाउने व्यवस्था गरिने छ।

३. कर्पोरेट आयकर : हामी कर्पोरेट आय करलाई पारदर्शी र सरल बनाई १०% मा सीमित राख्ने छौँ। कम्पनीलाई आफ्नो कर्मचारीको कल्याण र कम्पनीको वृद्धिमा लगानी गर्ने सजिलो हुने वातावरण बनाउंने छौँ।

४. बिक्री कर : हाल विद्यमान भ्याट (VAT) प्रणालीलाई खारेज गरी समान बिक्री कर नीति लागु गरिने छ। जसअनुसार सरकारले बिक्री कर मुक्त तोकिएको समान बाहेक अरू सबै बस्तु र सेवाको बिक्रीमा ५% बिक्री कर लगाइने छ।

५. आयत कर : हरीत उद्योगको प्रयोगमा आउने कच्चा पदार्थमा र शिक्षामा प्रयोग हुने सामाग्रीमा कुनै आयत कर लगाइने छैन।

६. सम्पत्ति कर : सम्पत्ति करको जिम्मा स्थानीय निकायलाई दिइनेछ । सम्पति कर लगाउँदा नागरिकलाई घर जग्गा जोड्न र त्यस्को बिना रोकतोक उपभोग नराख्न प्रोत्साहन हुनेगरी गरिनेछ।

हाम्रो पार्टीको कर नीतिको मुख्य ध्येय देशमा बाहिरी र अन्तरिक दुवै किसिमको पुँजी निवेशलाई आकर्षित गरी दिगो र मौलिक उद्योगको विकास गर्नु हुनेछ।