हाम्रो पार्टीको संरचना र सङ्गठनात्मक स्वरूप नेपालका पुराना राजनैतिक पार्टीहरू भन्दा निकै फरक र व्यवहारिक छ। केही मुख्य विशेषताहरू यस प्रकार छन् ।

१. केन्द्रीय कार्यकारी समितिमा सदस्यहरुको संख्या २१ भन्दा अधिक हुने छैन।

२. अदालतमा अपराधीको रूपमा दोषी ठहरिएको खण्डमा बाहेक कुनै पनि सदस्यलाई अनुशासनको नाममा पार्टीबाट निष्कासन गरिने छैन।

३. १८ वर्ष पुगेका जो कोही नेपाली नागरिक हाम्रो पार्टीमा कुनै पनि शुल्क नतिरी सदस्य बन्न सक्नेछ।

४. स्थानीय, राज्य र राष्ट्रिय निर्वाचनको लागि पार्टीको उम्मेदवार चयन प्राथमिक चुनाव मार्फत हुनेछ।

५. पार्टी अध्यक्षको कार्यकाल ५ वर्षको हुनेछ र एक व्यक्ति एक पटक भन्दा बढी अध्यक्ष हुन सक्ने छैन।

६. केन्द्रीय समितिको सदस्यले राष्ट्रिय निर्वाचन (प्रतीनिधीसभा निर्वाचन)मा भाग लिन पाउने छैन। त्यसका लागि, केन्द्रीय समितिबाट राजीनामा दिनु पर्नेछ।

७. हाम्रो पार्टीका सांसदहरुले पार्टीले जारी गरेको “व्हिप” मान्नै पर्ने बाध्यता हुने छैन।