हाम्रो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्रनेपालको एक राजनीतिक शक्ति हो। हामी प्रगतिशील पुँजीवादमा विश्वास गर्छौँ र सरकारले उद्यमीहरूसँग सहकार्य गरेर सबैलाई बाह्र कक्षासम्मको शिक्षा र रोजगारीको सुनिश्चितता गर्नु पर्छ भन्ने कुरामा विश्वास गर्छौँ। हाम्रो ध्यान निम्न लिखितमा केन्द्रित हुने छ:

  • निजी सरकारी साझेदारीमा सबैको लागि बाह्र कक्षासम्मको शिक्षा निश्चित गर्न।
  • रेडटेप काट्ने र लाइसेन्स प्रथामा रोक लगाएर पारदर्शीताको प्रवर्धन गर्ने र उद्यमशीलता अभिबृद्धी गर्ने।
  • द्विगो विकासलाई प्रोत्साहित गर्ने।

हाम्रो पार्टी नेपालमा र नेपाल बाहिर बस्ने कयौँ नेपालीहरूको वर्षौँको सोचको परिणाम हो र डा. रूद्र पाण्डे हाम्रा सस्थापक पथप्रदर्शक हुन्। हाम्रो पार्टीको चुनाव चिन्ह “धारा” रहेको छ।

हाम्रो पार्टीको चुनाव चिन्ह


हाम्रो पार्टी विधान “डाउनलोड” गर्नुहोस्