शेखर कार्की – अध्यक्ष

shekhar-karki
इञ्जिनियरिङ, व्यवस्थापन तथा प्राध्यापन क्षेत्रमा रहेर १४ बर्षको लामो अनुभव सँगालेका शेखर कार्की धुनिवेशी नगरपालिकाको वडा नम्वर ८ खानीखोलामा जन्मिएर हुर्कि बढेका हुन | कार्की लामो समय समाज सेवाको क्षेत्रमा रहेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिष्ठा कमाउँदै सात बर्ष अघि नै देशकै सक्षम युवाहरुको सफलतम नेता बनिसकेका छन् । अंग्रेजी तथा समाजशास्त्र विषयमा स्नातकोत्तर सम्मका अध्ययन गरेका कार्की एक कुशल प्रशासकका रुपमा पनि समाजमा चिनिएका छन् । समाजमा देखिएका दृष्यहरु भन्दा अलि फरक बनेर नेपाली राजनीतिको मूलबाटोलाई नयाँ गन्तव्य तर्फ मोडाउन आफ्नो कदम चालेको कार्कीले बताएका छन् । कार्की हाल हाम्रो पार्टीका केन्द्रिय अधक्ष्य हुन |

तुलसी रम्तेल

tulsi-ramtel
पुर्वी पहाडी जिल्ला तेह्रथुममा जन्मिनुभएका तुल्सी रम्तेल आफ्नो वाल्यकाल देखी नै राजनीतिमा बिशेस चासो राख्नुहुन्थ्यो| तेह्रथुम जिल्लाबाट छात्रबृतीमा काठमाडौंको बुढानिलकन्ठ स्कुलमा पढ्ने अबसर पाउनु भएका उहाले बिभिन्न राजनैतिक तह तथा संघ सस्था, शिक्षण सस्था, गैर सरकारी सस्थामा काम गरेको १० बर्षको अनुभव छ | ३० बर्सिय तुलसी रम्तेलले समाज परिवर्तन गर्न समाजमा भईरहेका विभिन्न प्रकारका विभेद न्यूनीकरणक गर्नु अत्यन्त जरुरी रहेको बताउनु हुन्छ | उहा हाम्रो पार्टीको सस्थापक सदस्य हुनुहुन्छ |

अमृत सिलवाल – कोषाध्यक्ष

amrit-silwal
अमृत सिलवालको जन्म काठमाण्डौ महानगरपालिका, नयाबजारमा भएको हो, २५ वर्षिय अमृतले BBS मा स्नातकसम्मको अध्ययन गर्नु भएको छ। उहा पेशाले लेखासम्बन्धी कार्य गर्नु हुन्छ! मान्छे जन्मिदै समाजमा जन्मिएकोले समाजसम्मको लागि हरेक मानिस बाच्नु पर्छ भन्ने उहाको जीवन को मुल नारा हो!

सिता खड्का

sita-khadka
सिता खड्काको जन्म रोउतहट जिल्लाको चपुरमा भएको हो, २७ बर्सिय सिताले BED सम्मको अद्ध्ययन गर्नु भएको छ | वहाँको निजी छेत्र मा सुरक्षा सम्म बन्धी कामको धेरै लामो अनुभव साथै हाम्रो पार्टीका केन्द्रिय सद्स्य हुन्|

अमृत राना क्षेत्री

सिक्रेखोला, धुनिबेशी नगरपालिका वडा नं ९ घर भएका २६ वर्षीय अमृत राना क्षेत्री व्यवासायी हुन। अटोमोबाइल क्षेत्रमा काम गरिरहेका क्षेत्री देश भित्र भएका राजनितिक घटनाक्रम र अस्थिरताका कारणले देश र र जनताले भोग्नु परेका समस्याका वारेमा सचेतना फैलाउने अभियन्ता पनि हुन। नेपाली राजनितिक दलहरु क्याडर-बेस्ड पद्धतिमा चल्ने हुदाँ देशमा भष्ट्राचार र अनियमितता भएको भन्दै अवको बैकल्पिक राजनीतिक शक्तिले राजनीतिक पद्धतिको विकास र शुद्धीकरणको लागि जनता समक्ष पहल गर्न सक्ने अवस्था सिर्जना गर्न हाम्रो पार्टीको केन्द्रीय समितिको सदस्यमा रहि काम गर्ने अठोट लिएका छन।

सन्दिप सदा

sandeep-sada
सन्दिप सदाको जन्मस्थल सप्तरी जिल्लाको डाक्नेश्वरी – ६ मा भएको हो ।उनले बूढानिलकण्ठ स्कूलबाट उच्च शिक्षा हासिल गरे। हाल,उनि नेपाल पेस्टालोजी फाउण्डेशनमा कोषाध्यक्ष्य र सचिवको रूपमा स्वयंसेवक छन। उनि घुमघाम र स्वदेशी संस्कृतिको बारेमा नया कुराहरु सिक्नमा रुचि राक्छन। उनले जीवविज्ञानमा स्नातक गरेको छन्।उहा सँग माध्यमिक शिक्षकको रूपमा लगभग ५ वर्षसम्म गणित र विज्ञानको शिक्षण गरेको अनुभव छ। उनले चितवन राष्ट्रिय निकुन्जमा प्राकृतिक अध्ययनकर्ताको रूपमा काम पनि गरेको छन्। उनले बेलायती मन्त्रालयमा जलवायु परिवर्तन र प्राकृतिक स्रोत प्रबंधनको लागि कार्यक्रम अधिकारीको रूपमा इंटर्नशिप गरेको छन्।राम्रो शिक्षा प्राप्त गर्ने आशामा नेपालका दुर्गम जिल्लाबाट बेचबिखनमा परेको बालिकाहरूको पारिवारिक पुनर्स्थापनामा पनि काम गरेको छन्। उनले संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रममा अनुगमन, मूल्याङ्कन र प्रतिवेदन टोलीको साथ कार्यक्रम अधिकृतको रूपमा काम गर्ने अवसर पनि पाएको थिए।

२०७४ सालको राष्ट्रिय चुनावमा उनि, सप्तरी जिल्लाबाट वडा अध्यक्षको लागि हाम्रो पार्टीको उम्मेदवार रहेको थिए र हाल उनि हाम्रो पार्टीको केन्द्रीय सदस्य हुन ।