हाम्रो पार्टी संघीय गणतान्त्रिक नेपालको नयाँ राजनीतिक शक्ति हो। हामी प्रगतिशील पुँजिवादी सिद्धान्तमा विश्वास राख्छौँ। सरकारले उद्यमीहरूसँग साझेदारी गरेर १२ कक्षासम्म निःशुल्क शिक्षा र सबैको लागि रोजगारीको व्यवस्था गर्नु पर्छ भन्ने हाम्रो पार्टीको धारणा छ। संक्षिप्तमा हाम्रो पार्टीको उद्देश्य यस प्रकार रहने छ :

  1. सरकार र निजी साझेदारीमा १२ कक्षा सम्म निःशुल्क शिक्षा प्रदान गर्ने।
  2. उद्यमीहरूको लागि सुविधा, सुरक्षा र सम्मानको वातावरण सिर्जना गरि देशमा उद्यमशीलताको प्रबर्धन गर्ने।
  3. निजी उद्योगको दिगो तथा द्रुत गतिमा विकास गरी सबै जनताको लागि रोजगारी प्रदान गर्ने।