हाम्रो पार्टीले सरकारी र निजी साझेदारीबाट १२ कक्षा सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने नीति अवलम्बन गर्ने छ। हाम्रो पार्टीको शिक्षा नीतिबाट विद्यार्थी र उद्यमीहरु दुवै लाभान्वित हुनेछन्।

१. सरकारले एक विद्यार्थीलाई पढाउन लाग्ने वार्षिक खर्चको विवरण तयार गर्नेछ। उद्यमीहरुलाई सरकारले तोकेको गुणस्तरलाई सख्तीका साथ अवलम्बन गरी शिक्षा प्रदान गर्न आह्वान गरिनेछ र उद्यमीहरूले एक विद्यार्थी पढाए बापत सरकारलाई लाग्ने खर्च जति हो त्यतिनै पाउने छन्।

२. यसप्रकारले सुरु गरिएका विद्यालयलाई सेमी-प्राइभेट या “चार्टर” स्कुल भनिनेछ। त्यस्ता विद्यालयमा विद्यार्थीहरू नि:शुल्क पढ्नेछन।

३. कक्षा १२ सम्मका सबै विद्यार्थीहरुले देशभरि एकै प्रकारको बिषय पढ्नेछन (विज्ञान, गणित र भाषा)। यस प्रकारको शिक्षा पद्धतिले सबै विद्यार्थीलाई भविष्यमा उच्च शिक्षाका लागि जुनसुकै विषय पनि चुन्न सक्षम बनाउनेछ।

४. विद्यार्थीहरुले ३ वटा भाषा पढ्नु पर्नेछ। अङ्रेजी, नेपाली र अन्य कुनै भाषा (मातृभाषा अथवा अन्य अन्तराष्ट्रिय भाषा) हुनेछ। कक्षा १२ सम्मको शिक्षा को उद्देश्य स्पष्ट लेखाई, पढाई र बौधिक विकासमा केन्द्रित हुनेछ।

उद्यमशीलता, पूर्वी मान्यता र बिबिधतामा एकता नै कक्षा १२ सम्मको शिक्षाको जग हुनेछ।