हाम्रो पार्टीको केन्द्रीय कार्यकारिणीमा २१ सदस्यहरु रहनेछन। अध्यक्ष लगायत १३ सदस्य पार्टीको केन्द्रीय महाधिबेसनबाट निर्वाचित हुनेछन भने बाँकी ७ केन्द्रीय सदस्यहरु निर्वाचित १३ सदस्यहरुको बहुमतबाट चुनिनेछन। पार्टी अध्यक्षले केन्द्रीय कार्यकारिणी मध्येबाट उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको मनोनीत गर्नुहुनेछ। हाम्रो पार्टीको केन्द्रीय कार्यकारिणी, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, नगरपालिका तथा गाउँपालिकामा र वडा सबैको गठन प्रक्रिया समान हुनेछ।